प्रधानमन्त्री ओली स्वदेश फिर्ता

12920373_1358444607514365_4626626435740995347_nकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीन भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् ।

उनी सवार हिमालयन एयरलाइन्सको विमान केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

चैत ७ गते जम्बो टोलि लिएर चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनसँग १० वटा सम्झौता गरेका थिए । भ्रमणका क्रममा चीन र नेपालबीच १५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको छ ।

चीनमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । उनले चीनको विभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण गरेका थिए ।

सम्बन्धित शिर्षकहरु