गोरखा, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले माओवादी ‘जनयुद्ध’का बेला सहिद र बेपत्ता भएकाहरुको जिम्मा नयाँ शक्तिले लिने बताएका छन्।
गोरखामा शुझबार आयोजित अन्तरिम जिल्ला परिषद् घोषणा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले भने – “कतिपयले बाबुरामले माओवादी छाड्यो, सहिद र बेपत्तालाई भुल्यो भनेका छन् । त्यो भ्रममा नपर्नुहोला । सहिद र बेपत्ताको जिम्मा हामी लिन्छौँ ।”
नयाँ शक्तिलाई छिट्टै पार्टीको रुप दिने सङ्केत गर्दै संयोजक डा भट्टराईले ‘वडा, गाउँ, नगर, जिल्ला, प्रदेशमा बलियो सङ्गठन गठन’ गर्न अभियन्ताहरुलाई आग्रह गर्नुभयो । जनताको जनजीविकामा सहयोग पुग्नेखालका काम गर्न निर्देशन दिँदै भट्टराईले गोरखामा नयाँ शक्तिलाई विशेष रुपमा अघि बढाउन आग्रह गरेका छन् ।
देशमा आर्थिक समृद्धि ल्याउन समुद्र तर्नुपर्ने तर्क गर्दै भट्टराईले सडक मार्गमार्फत समुद्र तर्न नसकिने जिकिर गरे। एमाओवादीले सडक मार्गमार्फत समुद्र तर्न खोजेको उहाँको भनाइ छ । ‘नयाँ शक्ति पानी जहाज’ उनले भने– “समुद्र तर्न जहाज चढ्नुपर्छ ।” रासस


![cfkmg} lgjf;df laxLaf/ kqsf/;Fu s'/f ub}{ lgjt{dfg k|wfgdGqL Pj+ Pdfcf]jfbL pkfWoIf 8f= afa'/fd e66/fO{ . kf]i6 kmf]6f]M >Lw/ kf}8]n÷sflGtk'/](http://ausnepalnews.com/wp-content/uploads/2016/03/baburam-bhattarai-press-meet_20130724084141-221x300.jpg)






