प्रधानमन्त्री–एमाओवादी विवाद चुलियो

10102015063419pact-600x0काठमाडौं, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी बीच, खासगरि प्रचण्डबीच चर्को विवाद भएको छ । सरकारको कार्यशैलिप्रति रुष्ट बनेका प्रचण्डले न्यायपरिषद्ले सिफारीस गरेको सर्बोच्चको न्यायाधिशको संसदीय सुनुवाई रोकेर फिर्ता गर्न सभामुख ओनसरी घर्तीलाई आग्रह गरे ।

प्रचण्डकै योजनामा घर्तीले ओलीकै नजिरलाई प्रयोग गर्दै सिफारीस फिर्ता गरिन् । यो प्रकरण पछि अहिले सरकारमै रहेका दुई दलबीचको विवाद छताछुल्ल भएको छ ।

एकीकृत नेकपा माओवादीले सरकारको प्रतिवाद गर्न आफुहरु तयार रहेको जनाएको छ । एमाओवादीका नेता जनार्दन शर्माले सभामुखको निर्णयबारे प्रधानन्यायाधीशले गरेको टिप्पणी संवैधानिक मर्यादा विपरित रहेको भन्दै संसदबाटै त्यसको खण्डन गर्ने बताएका छन् ।

उनले एमालेले सांसद भैसकेका र राजनीति गरेका नेताहरुलाई प्रधानन्यायाधीश बनाउनेगरि नियुक्तिको सिफारीस गरेको आरोप समेत लगाए ।

उनले यहि विवादका कारण सरकार सञ्चालनमा समस्या भने नभएको बताए । प्रचण्डले सहमतिय सरकार गठन गर्नुपर्ने बताइरहेका बेला भएको यो विवादले सत्ता साझेदार दुई दलका बीचमा सम्बन्ध चिसिएको छ । यो सम्बन्ध सुधार आएन भने यसले ओलीलाई नै समस्यामा पार्ने छ ।

सम्बन्धित शिर्षकहरु