काठमाडौं, कालिकोटमा काष्ठमण्डप एयरको विमान दुर्घटनामा परी पाइलट र कोपाइलटको निधन भएकोमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले मृतकहरुप्रति श्रध्दाञ्जली व्यक्त गरेका छन् भने शोकको यस घडीमा मृतकका आफन्तजन र परिवारजनप्रति हार्दिक समबेदना प्रकट पनि गरेका छन् ।
प्रधानमन्त्रीले दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गर्न र शिघ्र स्वास्थ्य उपचारको व्यबस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।
काष्ठमण्डप एयरको नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमान कालिकोटमा आकस्मिक अवतरण गराउने क्रममा पाइलट र दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको ज्यान गएको थियो । अरु ९ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।








