अघोषित नाकाबन्दी अघोषित रुपमै खुल्योः नेता खनाल

Jhalanath-Khanalइलाम, नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतले गरेको अघोषित नाकाबन्दी अघोषित रूपमै अन्त्य भएकाले अब मुलुकमा इन्धन आपूर्ति सहज भई विकास निर्माणले गति लिने बताएका छन्।

पूर्वी इलामको इरौटार गाविसस्थित सुकेनिन्दा खोलामा नवनिर्मित पक्की पुलको आज उद्घाटन गर्दै नेता खनालले नाकाबन्दीका कारण देखिएको इन्धन समस्या प्रधानमन्त्रीको भारत भ्रमणपछि अन्त्य भएकाले विस्तारै इन्धन सहज हुँदै जाने बताए ।

मधेसको समस्या संविधानभित्रबाटै खोज्नुपर्ने बताउँदै उनले प्रमको भारत भ्रमणले दुई देशबीच चिसिएको सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरे ।

संविधान निर्माणपछि देश विकासको गतितर्फ उन्मुख भइरहेकाले देशमा नयाँनयाँ उद्योगधन्दा खोलेर आर्थिक क्रान्तिमा अघि बढ्नुपर्नेमा जोड दिए ।

सो पुलको तीन वर्षअघि निर्माण सुरू भएको थियो । उक्त पुल रु दुई करोड ८४ लाखको लागतमा निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष बृहस्पति खतिवडाले जानकारी दिए।

सम्बन्धित शिर्षकहरु