संविधानको कार्यान्वयन गरेमात्र सहिदको सम्मान हुन्छः राष्ट्रपति भण्डारी

bhandari-intervewफागुन ७  ।काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले ६६ औँ राष्ट्रिय प्रजातन्त्रले सबै नेपालीलाई लोकतन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार सन्देशमा उनले सार्वभौमसत्ता जनतामा निहित हुने र जननिर्वा्चित प्रतिनिधिद्वारा शासन हुने संसारकै लोकप्रिय शासन पद्धतिका रुपमा प्रजातन्त्रलाई लिने गरिएको उल्लेख गर्दै निरङ्कुश जहानिया राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको २००७ साल फागुन ७ गते ऐतिहासिक दिन भएको उल्लेख गरेकी छिन् ।

जनताको चाहना एवम् त्यागका कारण देशले प्राप्त गरेको संविधानको कुशल कार्यान्वयन गरी अब आर्थिक सामाजिक समृद्धितर्फको यात्रा तय गरेर नै लोकतन्त्रको सुदृढीकरणका साथै प्रजातन्त्र दिवस तथा सहिदको उच्च कदर गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिएकी छिन् ।

‘आजको दिन गौरवपूर्ण’
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले २००७ सालको जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले निरङ्कुश राणा जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा अङ्कित रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार दिएको सन्देशमा उनले संविधानसभाबाट प्राप्त उपलब्धिको जगेर्ना गर्दै सुदृढ राष्ट्रिय एकताका जगमा मुलुकलाई शान्ति, स्थायित्व, समुन्नत एवम् समृद्धिको मार्गमा द्रुत रुपमा अघि बढाउनुपर्नेमा सबैको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित शिर्षकहरु