पुटिनको तस्वीर भएको टिसर्ट लगाएपछि…

एजेन्सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तस्वीर भएको टिसर्ट लगाएपछि एक फुटबलरलाई निकै तनाव भएको छ ।

टर्कीमा भएको युरोपा लिगको एक खेलका क्रममा मिडफिल्डर दमित्री टरासफले राष्ट्रपति पुटिनको तस्वीर भएको टिसर्ट लगाएपछि तनावमा परेका हुन् । उनको टिसर्टमा पुटिनको तस्वीर मुनी लेखिएको थियो, ‘द मोस्ट पोलाइट प्रेसिडेन्ट ।’

सिरियामा जारी संघर्षलाई लिएर टर्की र रुसको सम्बन्ध निकै चिसिएको छ । टर्कीले गत नोभेम्बरमा रुसी विमान खसालेपछि दुई देशको सम्वन्ध झनै विग्रिएको छ ।

मंगलबार राति टर्कीमा भएको युरोपा लिगको यो खेल रुसी क्लब लुकमटीभ मस्को र टर्कीको फिनरबाचेबीच भएको थियो । र, खेल घरेलु टोलीले २–० ले जितेको थियो ।

रुसी क्लब लुकमुटीभ मस्कोले मिडफिल्डर टरासभको कामलाई अनावश्यक भन्दै निन्दा गरेको छ ।

अब यूईएफएले भने क्लबलाई कारबाही गर्नेछ । किनकी खेलका क्रममा कुनै पनि खेलाडीले राजनीतिक बयान दिन र कुनै पनि विचारधारासँग जोडिएको देखाउन पाउने छैनन् ।

यद्यपि टरासभले भने आफ्नो बचाउ गरेका छन् । उनले भनेका छन् पुटिन मेरो राष्ट्रपति हो र म उनलाई सम्मान गर्छु । त्यसैले मैले निर्णय गरेको थिएँ कि म उनीप्रति आफ्नो समर्थन देखाउँछु । जे मेरो टिसर्टमा लेखिएको थियो, म त्यही भन्न चाहन्थेँ ।’

सम्बन्धित शिर्षकहरु