ऊर्जा सङ्कट कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत

Singha-Darbarकाठमाडौं, मन्त्रिपरिषद्को बुधबारको बैठकले आगामी दुई वर्षभित्र ऊर्जा सङ्कटकाल अन्त्य गर्ने कार्ययोजना स्वीकृत गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक घोषणा गर्दै एक वर्ष्भित्र आधारभूत रुपमा र दुई वर्षभित्र पूर्णरुपमा मुलुकलाई विद्युत् कटौती मुक्त बनाउने गरी निश्चित कार्ययोजना सार्वजनिक गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको सञ्चारमन्त्री शेरधन राईले बताएका हुन् ।

त्यस्तै बुधबारको मन्त्रिपरिषद्को बैठकले २१ उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । यसैगरी भारत भ्रमणको कार्यसूचीलगायतका विषयमा छलफल गर्न बुधबार साँझै मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ ।

सम्बन्धित शिर्षकहरु