फागुन ५ । काठमाडौं, १२ औँ दक्षिण एसियाली साग फुटवलमा नेपाललाई २३ वर्षपछि स्वर्ण जिताउन सफल नेपाली फुटबल टोलीलाई काठमाडौमा आज भब्य स्वागत गरिने तयारी भएको छ ।
सागमा भएको फाइलन खेलमा भारतलाई हराउदै स्वर्ण जितेको नोपाली फुटवल टोली आज ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि विजय जुलुससहित स्वागत गर्ने तयारी भएको एन्फाले जनाएको छ ।
एन्फाका अनुसार नेपाली फुटवल टाली गुवाहटीबाट बागडोरासम्म जहाजमा र बागडोराबाट भद्रपुर विमानस्थलसम्म बसमा आउने छन भने भद्रपुर विमानस्थलबाट काठमाडौंको डोमेस्टिक टर्मिनल ३ बजे आइपुग्ने जनाएको छ ।
डोमेस्टिक टर्मिनलको गेटबाटै सुरु हुने विजय जुलुस तिलगंगाचोक, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै पुतलीसडक आइपुग्ने छ।
पुतलीसडकबाट प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्युरोड गेट, जमल हुँदै केशरमहल र त्यहाँबाट नारायणहिटी संग्रहालय हुँदै पुरानो बसपार्क आइपुगेर सहिदगेट, सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर टुङ्गिने एन्फाले जनाएको छ।
रंगशाला पुगेपछि त्यहाँ खेलाडीहरुलाई भब्य सम्मान गर्ने कार्यक्रम रहेको छ ।








