फागुन ५ । काठमाडौं, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २२ औँ महाधिवेशन लम्बिएको लम्बिएै छ । माघ २९ गते नै महाधिवेशन सम्पन्न गर्ने मिति तोकिएपनि फागुन ५ गते हुँदासम्म नयाँ नेतृत्व चयनका लागि अझै मतदान सुरु भएको छैन ।
महाधिवेशनबाट नयाँ नेतृत्वमा निवर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नविना लामा प्यानलसहित चुनावी मैदानमा छन । गौतम प्यानलबाट उपाध्यक्षमा राधिका खतिवडा, सरोज यादव, जीवन राई, नीलकण्ठ आचार्य तथा महासचिवमा अब्दुल हुसेन खानले उम्मेदवारी दर्ता भएको छ ।
लामाको समूहबाट उपाध्यक्षमा रश्मी आचार्य, महेश बर्तौला, शैलेश लामा र सुनिता बराल तथा महासचिवमा ऐन महरले उम्मेदवारी दर्ता भएको छ । सङ्गठनमा १७ पदाधिकारीका साथ केन्द्रीय सदस्य, सचिवालय सदस्य गरी १४२ जनाको लागि मतदान हुनेछ ।
पटक–पटक सरेर बुधबार बिहान ८ बजेका लागि मतदानको समय तोकिएको भएपनि सुरु हुन सकेको छैन ।








