ब्रिसवेनमा अनेसास शाखा विस्तार सहित काव्य वाचन गरिने

ब्रिसवेन, अष्ट्रेलिया। नेपाली भाषाको श्रीवृद्धिमा डायस्पोराको साहित्य चेतना र यसप्रतिको लगाव बिर्सिने हो भने नेपाली भाषा अपुरो नै हुन्छ। यसै विरासतलाई काँधमा बोकेर संस्थागत रुपमा अघि बढेको नेपाली सहित्यप्रेमिहरुको संस्था अनेसास क्विन्स्ल्यान्ड च्याप्टरको तदर्थ समितिले ब्रिसवेनमा यहि अप्रिल १ तारिखका दिन साहित्यिक काव्य वाचन आयोजना गर्ने भएको छ। ब्रिसवेन बिसौनीको नाममा  पहिलो दुई पटक साहित्य वाचनका कार्यक्रम आयोजना गरिएको भएता पनि संस्थागत रुपमा भने अनेसासको तदर्थ समितिको रुपमा यसको पहिलो औपचारिक सुरुवात भएको छ।

अनेसास क्विन्स्ल्यान्डको औपचारीक शाखा विस्तार तथा छलफल गर्ने उद्देश्य बोकेको यस कार्यक्रमलाई साहित्यीक वृत्तमा राम्रो सुरुवातका रुपमा हेरीएको छ। अनेसास  तदर्थ समितिका अध्यक्ष डा. केशव शर्मा सहित विभिन्न साहित्यप्रेमीहरुको यो जमघटलाई नेपाली साहित्यको विकास र संवर्धनमा डायस्पोराको अर्को प्रयासको रूपमा पनि लिइएको छ।

सम्बन्धित शिर्षकहरु