वजन फरक छ , उचाइ फरक छ |
तिम्रो र मेरो यो , हिडाई फरक छ ||
स्वर ताल मिलेको बिरही भाकामा |
नसाको ती प्याला , पिलाई फरक छ ||
किन भिर पाखामा रातो लाली गुराँस ?
सम्बन्ध के हो यो बुझाइ फरक छ ||
न आइज भ्यालें टाइन घुमेर चक्र झैं |
त्यो रातो गुलाफको लुटाई फरक छ ||
फुलेर बन भरि हाँसेनौ बसन्त |
कि तिमी मेशिन हौ सिकाइ फरक छ ||
-शारदा पाठकको ( ‘केवल’)







