राष्ट्रलाई अहित हुने गरी सम्झौता हुँदैनः उपप्रम मैनाली

392952-cp-mainali-snipviewdtcomइलाम, उपप्रधानमन्त्री सिपी मैनालीले सरकारले राष्ट्रलाई अहित हुने गरी कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

पाँचथरको फिदिममा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने क्रममा सोमबार बिहान कुराकानी गर्दै उनले अर्को मुलुकको इच्छाबमोजिम वर्तमान सरकारले सम्झौता नगरेकाले नाकाबन्दी नहटेको विचार राखे ।

“वर्तमान सरकार देशलाई अहित हुने कुनै पनि किसिमको सम्झौता गरेर झुक्दैन, बरू नेपाली जनता नाकाबन्दीको डटेर सामाना गर्न तयार छन्”– उनले भने। उनले नाकाबन्दीविरूद्ध भारतीय जनता र उच्च तहमा समेत यसको विरोध हुन थालेपछि नाकाबन्दी लामो समय नटिक्ने जिकिर गरे ।

सीमाङ्कन र नामाङ्कनका विषयमा उठेका समस्या समाधान गर्न राजनीतिक दलबीच छलफल जारी रहेकाले सबैको सहमतिमा राष्ट्रलाई हित हुने खालको निर्णय आउने उनको भनाइ थियो ।

यसैबीच महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले इन्धन अभावका विषयमा प्रजिअ विष्णुकुमार कार्कीसँग समेत छलफल गरे । प्रजिअ कार्कीले जिल्लामा निर्माणाधीन विद्युत् आयोजना र यातायातका साधनलाई इन्धन आपूर्ति भइरहेको जानकारी गराए।

सम्बन्धित शिर्षकहरु