मलाई अहिले प्रधानमन्त्री बन्नु छैनः प्रचण्ड

pushpa_kamal_dahal--621x414काठमाडौं, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीमा लोभ नभएको बताएका छन् ।

उनले राष्ट्रिय सरकार बनाउनु पर्ने भएपनि आफू अहिले प्रधानमन्त्रीको उम्मेदवार नभएको स्ष्ट पारेका हुन् । ‘कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार  बन्नुपर्छ भन्ने मान्यतामा म अडिग छु’, उनको भनाई थियो ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले कांग्रेसको महाधिवेशन अघि नै पनि राष्ट्रिय सहमतिको सरकार बन्नसक्ने दावी समेत गरे ।

सबै दलको सहमति भए हालकै प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने उनले बताए ।  ‘कांग्रेसको जो नयाँ नेतृत्व आउँछ, उसैको नेतृत्वमा पनि हुनसक्छ,’ एमाओवादी अध्यक्ष प्रचण्डले भने ‘तर म अहिले प्रधानमन्त्री बन्दिनँ ।’

एमाओवादी अध्यक्ष प्रचण्डले सीमांकनका विषयमा सहमति नभई नाकाबन्दी खुल्ने संकेत नदेखिएको पनि बताए ।
संविधान संशोधन गर्दैगर्दा नाकाबन्दी खुल्छ भन्ने आश गरिएको भए पनि आफूलाई भने त्यस्तो नलागेको उनले बताए । प्रचण्डले भने ‘सीमांकनको विषय त बाँकी नै छ । त्यो नमिली नाकाबन्दी सहज होलाजस्तो छैन ।’

यद्यपि अहिले भारत, आन्दोलनकारी दल र प्रमुख दलहरु सबैलाई यो समस्या लब्याउनु पर्छ भन्नेमा नरहेको उनले बताए ।

प्रचण्डले पूर्व सहकर्मी डा. बाबुराम भट्टराईमाथि राष्ट्रघात गरेको आरोप लगाएका छन् । भट्टराईले ४० वर्षदेखि अंगालेको कम्युनिष्टदेखि जनयुद्ध सबैलाई त्यागेको भन्दै उनले यसलाई विरलै हुने घटना भन्न भ्याए ।

भट्टराईले पार्टी, राष्ट्र र आफैंप्रति घात गरेको भन्दै उनले भने, भट्टराईले जे रोप्नु भो, उहाँले नै भोग्नुहुन्छ । राम्रो फल्दैन ।’

सम्बन्धित शिर्षकहरु