कांग्रेसको वडास्तरीय अधिवेशनमा ठूला नेता को पछारिए?

BP_smriti_bhawan_Nepali_congressधनगढी,  नेपाली कांग्रेसको शुक्रबार सम्पन्न वडास्तरीय अधिवेशनमा काँग्रेसका पुराना चर्चित नेता पराजित भएका छन् ।

कांग्रेसका पूर्व साँसद एवम् नेता हिरादत्त भट्ट आफ्नो क्षेत्र कैलालीको अत्तरिया नगरपालिका–१३ बाट पार्टीको चुनावमा पराजित भएका छन्। यस्तै कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री चन्द्रसिं भट्टराई पनि टीकापुर नगरपालिका–८ बाट पराजित भएका छन् ।

पार्टीका जिल्ला सभापति नरनारायण शाह धनगढी उपमहानगरपालिका–२मा भएको निर्वाचनमा प्रतिनिधि छनोट भएका छन् ।

माघ २५ गते हुने जिल्ला अधिवेशनमा अध्यक्षका आकाङ्क्षी रहेका नारायण भट्ट, गणेश देउवा, वीरवहादुर हमाललगायतका नेताहरुभने वडा स्तरको अधिवेशनवाट प्रतिनिधिमा चुनिएका छन् ।

दुई पक्षबीचको विवादपछि भने कैलालीको मोहन्याल गाविसमा अधिवेशन स्थगन गरिएको छ ।

सम्बन्धित शिर्षकहरु