“…दुई किनार भो तिम्रो र मेरो पिरती”

गीत

-उषा शेरचन

खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती
कहिल्यै नमेटिने तृष्णा भो तिम्रो र मेरो जिन्दगी

आफ्नो मुटु आफैंले नै कुल्चिएर हिँड्नु प¥यो
आफ्नो व्यथा आफैं भित्र समेटेर रुनु प¥यो
कहिल्यै नरित्तिने आँसु भो तिम्रो र मेरो पिरती ।
कहिल्यै नमेटिने तृष्णा भो तिम्रो र मेरो जिन्दगी

आफ्नो घाउ आफैंले नै कोट्याएर सहनु प¥यो
आफ्नो पीडा आफैं भित्र लुकाएर बाँच्नु प¥यो
कहिल्यै नटुङ्गिने कथा भयो तिम्रो र मेरो पिरती ।
कहिल्यै नमेटिने तृष्णा भो तिम्रो र मेरो जिन्दगी

सङ्गीतकारः रत्न बहादुर
गायिकाः दिलमाया खाती
एलबमः ‘अभीप्सा’

सम्बन्धित शिर्षकहरु