आफूलाई सभापति बनाउने सबैको भावना भएको पौडेलको दाबी

Ramchandra-Paudelदाङ, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले १३ औंँ महाधिवेशनमा आफू पार्टी सभापतिमा उमेद्वारी दिने बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार भेटघाटमा उनले अब कुनै पनि पनि हालतमा आफू पछाडि नहट्ने र कसैले रोक्न नसक्ने दाबी गरे ।

सबै साथीको भावना पनि आफूलाई नै सभापति बनाउने भएको बताउँदै उनले पार्टीलाई नयाँ उचाइमा लैजान र विभेदकारी अवस्थाको अन्त्य गरी परिवर्तन संस्थागत गर्न आफ्नो उम्मेदवारी आवश्यक रहेको तर्क गरे ।

आफू सभापति भएपछि पार्टीभित्रको गुटगत राजनीति अन्त्य गरी संस्थागत ढङ्गले सञ्चालन गर्ने उनको भनाइ थियो ।

अर्को एक फरक प्रसङ्गमा उपसभापति पौडेलले देशको वर्तमान समस्या एक/दुई दिनमा समाधान हुने बताए । उनले भने, “प्रमुख दल र मधेसी मोर्चाबीचको वार्ता सहमति नजिक पुगेकाले एक दुई दिनमै सहमति कायम हुन्छ ।”

सम्बन्धित शिर्षकहरु