पुस ३० । काठमाडौं, मधेसी मोर्चासँगको वार्तालाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्री केपी ओलीले अग्रसरता लिएका छन । प्रमुख दलहरुको तर्फबाट साझा धारणा बनाउन ओलीले बिहीबार कांग्रेस र एमाओवादीका शीर्ष नेताहरुसँग छलफल गर्दैछन ।
आन्दोलनरत मधेसी मोर्चासँगको वार्तालाई निष्कर्षमा पुर्याउन ओलीले कांग्रेस सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग परामर्श गर्न लागेका हुन । मोर्चाले अघि सारेको ११ बुँदे मागमा साझा धारणा बनाउन शीर्ष तहमा छलफल हुन लागेको बताइएको छ । प्रमुख तीन दलबीच साझा धारणा तय भएपछि कार्यदलको बैठक बस्नेछ ।








