प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षीलाई समवेदना

pm oliकाठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई गत शनिबार पठानकोटस्थित वायु सेनाको आधार शिविरमा भएको आतङ्कवादी आक्रमणमा परी अमूल्य ज्यान गुमेकामा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई आज एक समवेदना सन्देश पठाउँदै आतङ्कवादको जुनसुकै रुप र प्रकटीकरणको नेपाल सरकार निन्दा गर्छ भनेका छन् ।

आक्रमणमा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सन्देशमा प्रधानमन्त्रीले उक्त आततायी आक्रमणका दोषीहरु चाँडोभन्दा चाँडो कानुनको कठघरामा उभ्याइने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट प्रधानमन्त्री मोदीमार्फत आक्रमणमा ज्यान गुमाएकाका परिवारजनप्रति हार्दिक समवेदना एवम् सहानुभूति व्यक्त गरेका छन्।

सम्बन्धित शिर्षकहरु