भूकम्पपीडित भन्छन्, ‘मर्नु न बाच्नुको अवस्था भो’

ljrNnL  –  lrtjgsf] ljs6 l;4L uflj;sf] demjfªdf 3/ elTsPkl5 aRrf af]s]/ 6f]nfpFb} u/]sL lbndfofF r]kfª / pgsf kl/jf/ . r]kfª ufpFdf e'sDksf sf/0f @ hgfsf] Hofg uPsf] 5 eg] clwsfFz 3/x?df IftL k'u]sf] 5 . /f;;  Gff/fo0f 9'+ufgf , /Tggu/ lrtjg

पुस २१ । भक्तपुर,  शिविरमा जाडो थेग्न नसकेपछि भक्तपुरका विभिन्न ठाउँका अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित शिविर छाडेर भत्काएकै घरमा फर्किन थालेका छन् ।

जिल्लाका विभिन्न शिविरमा बस्दै आएका भूकम्पपीडित टेन्ट र पालमा जाडो थेग्न नसकेपछि शिविर छाड्दै भूकम्पले भत्किएकै घरमा फर्कन थालेका हुन् ।

भूकम्पपीडित भत्किएका घरको माटो पन्छाएर पुरानै घरको इँटा, झ्याल ढोकाको प्रयोग गरेर छाप्रो बनाएर बस्न थालेका छन् । कतिपय भने भत्किएको घरलाई छोट्याएर एक तलामात्र राखेर त्यसैमा जोखिम मोलेरै बस्न थालेका छन् ।

भक्तपुर नगरपालिकाका अनुसार जाडो बढेपछि भक्तपुरका ५० प्रतिशतभन्दा बढी भूकम्पपीडितले आफू बस्दै आएको शिविर छाडेका छन् ।

शिविर छाड्नेमध्ये आर्थिक उपार्जनमा फर्किएकाले कोठा भाडामा लिएर बस्न थालेका छन् । भूकम्पपछि कोठा भाडासमेत बढेपछि भाडा तिर्न नसक्नेहरु शिविरमै बसेका छन् भने धेरैजसो पीडित आफ्नो पुरानो थातथलोमै फर्किन थालेका हुन् ।

भूकम्प आएपछि सबैभन्दा बढी पीडित बसेको जगातीस्थित महेश्वरी खेल मैदानको शिविर अहिले पूर्ण रुपमा खाली छ ।

यहाँका भूकम्पपीडितले शिविर छाडेपछि यहाँको टेन्ट र पालसमेत झिकेर खेल मैदान पूर्णरुपमा खाली बनाइएको छ । महेश्वरीको शिविरमा बस्ने माइला श्रेष्ठले दुई महिनाअघि नै शिविर छाडेको बताए ।

उहाँले भने– “जाडो बढेपछि सक्नेले कोठा भाडामा लिएर बस्न थाले, नसक्नेले भूकम्पले भत्काएको आफ्नै घर मर्मत गरेर बस्न गए, हामीले पनि भत्किएकै घरको इँटा माटो मिलाएर सानो टहरा हालेर बस्यौँ, अहिले महेश्वरीको शिविर सबैले छाडिसके ।”

भक्तपुरकै सरस्वती माध्यमिक विद्यालयको चौरमा रहेको शिविरसमेत आधाभन्दा बढी खाली भएको छ । जाडो बढेपछि यहाँको शिविर छाडेर भूकम्पले भत्काएकै घरमा गएर बस्नुपरेको रीता भोखाले बताइन।

सात महिना यहीको शिविरमा बस्दै आएकी उजले अस्थायी शिविरमा त्रिपाल र टेन्टमा बस्दै आएका भूकम्पपीडितमध्ये धेरैले आफ्नै जग्गा वा घर भत्किएकै ठाउँमा जस्ताको टहरा बनाएर बसेको बताइन।

उजले भने ˗ “हुनेखानेहरु कोठा लिएर बस्न थाले, कतिपयले भत्किएकै घरमा टहरो हालेर बस्न थाले, कतिपय त जे सुकै होस् भनेर भत्किएकै घरमा बस्न थालेका छन्, जस्ताको टहरा बनाउन नसक्ने, टहरा बनाउन आफ्नो जग्गा नभएकाहरु र भाडामा कोठा नपाउनेहरु मात्रै अझै शिविरमा कष्टपूर्ण जीवन बिताउँदै छन् ।”

कमलविनायकको शिविरका राजु सुवालले पातलो टेन्टभित्रको जीवनलाई छोट्याएर सुरक्षित अर्को ठाउँमा जान पाए हुन्थ्यो जस्तो भएको बताउँदै भने– “जाने ठाउँ छैन, शिविरमा जाडोले बस्न सकिन्न, मर्नु न बाच्नुको अवस्था भो ।”

जिल्ला प्रशासन कार्यालयका अनुसार महेश्वरी, कमलविनायक, व्यासी, दूधपाटी, नःपुखु, भाजू पुखुलगायतका क्षेत्रमा बस्दै आएका आधाभन्दा बढी भूकम्पपीडितले अस्थायी शिविर छाडेका छन् ।

अस्थायी शिविर छाडेपछि प्रहरी प्रशासनले त्यस्तो शिविरमा राखेको टेन्ट, त्रिपाल, पाललगायतका सामग्री सङ्कलन गरेर राख्न थालेको छ । त्यस्ता सामान नेपाल रेडक्रस सोसाइटीलाई राख्न दिइने प्रशासनको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु