असनेपालन्युज ,सिड्नी । समय बगेर हरपल जान्छ , तर यो बगाईका राम्रा कामहरू ईतिहासका पानाहरूमा सजिन्छ । २० वर्ष देखि सजिएको आफ्नो राम्रा कर्मको ईतिहासलाई अस्ट्रेलियाको एक सामुदायीक संस्था , गाेर्खा नेप्लिज कम्युनिटी अस्ट्रेलिया (जीएन सि )ले विशेष रुपले मनाएको छ । अस्ट्रेलियाको पुरानो संस्थामध्येको एक मानिने जीएनसी ले हास्य प्रहशन , नांच , गीत सहित र अग्रजलाई सम्मान गरी आफ्नो २० अाै बार्षिक उत्सव सिड्नीमा सम्पन्न गरेको छ । सिड्नीको मराना अडिटोरियम हलमा आयोजित एक समारोका समुदयाका सद्स्यहरूको बाक्लो उपस्थिती रहेको थियो। जिएनसीले अस्ट्रेलियामा नेपाली, कला संस्कृति, पहिचान र गौरवलाई उच्च राख्दै समुदायलाई एकतामा बाँध्ने काम गरिरहेको सहभागीहरूले प्रतिकृया दिएका थिए । परोपकारी कार्य, दशै, तिहारजस्ता चाडपर्व मनाउने, जिएनसी लिग फुटबल अस्ट्रेलियाकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको आयोजना गर्ने काम पनि गरिरहेको कार्यक्रममा बताईयो ।
हास्य कलाकार ‘तक्मे बुढो ‘को हास्य प्रहशन ले विशेष आकर्षण पाएको सो समारोहमा विभिन्न स्थानिय कलाकारहरूले आ-आफ्नो काला प्रस्तुत गरेका थिए ।
एन एस् डब्लु का महाबाणिज्यदुत दीपक खड्का,समुदायकि अगुवा प्रतिनिधी ईन्द्रा वन , संस्था र समुददायका विभिन्न ब्यक्ति लगायतले संस्थाको यो लामो ईतिहासमा वास्तवमा नेपाली समुदायकै उपलब्धी भएको सो अवसरमा धारणा राख्ननु भयो । कार्यक्रम संस्थाका तर्फबाट कर्ण राजवंशिले सन्चालन गर्नु भएको थियो ।



















