अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले अस्ट्रेलियाका क्रिकेट टोलीका कप्तान स्टीभ स्मिथलाई क्रिकेटर अफ द इयर र टेस्ट क्रिकेटर अफ द इयर घोषणा गरेको छ । सर गारफिल्ड सोबर्स ट्रफी हात पार्ने उनी चौंथो खेलाडी बनेका छन् । यसअघि रिकी पोन्टिङ, मिचेल जोन्सन र माइकल क्लर्कले यो उपाधि पाएका थिए । २६ वर्षीय स्मिथको कप्तानीमा अस्ट्रेलियाले विश्वकप जितेको थियो जसमा उनले ४ सय २ रन बनाएका थिए । उनले ८२.५७ को औसतमा १३ टेस्टमा १,७३४ रन बनाए । दक्षिण अफ्रिकी कप्तान एबी डिभेलियर्स लगातार दोस्रो पटक वर्षको उत्कृष्ट एकदिवसीय खेलाडी बनेका छन् । महिलातर्फ अस्ट्रेलियाकै कप्तान मेग ल्यानिङ वर्षकी उत्कृष्ट महिला एकदिवसीय क्रिकेटर घोषित भएकी छिन् । इंग्लिस कप्तान रिचार्ड केटलबर्ग वर्षको उत्कृष्ट अम्पायर घोषित भए ।
सम्बन्धित शिर्षकहरु
अष्ट्रेलियालाई सातौं पटक एकदिवसीय महिला विश्वकपको उपाधि
काठमाडौ - एकदिवसीय महिला विश्व कप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । न्युजिल्यान्डको क्राइसचर्चमा […]
क्रिकेट दुनियाँका सर्वकालिन महान् स्पिनर सेन वार्नको ५२ वर्षको उमेरमा निधन
अस्ट्रेलिया । अस्ट्रेलियाका पूर्व क्रिकेटर सेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ। विश्वका सर्वकालीन लेग […]
शेन वार्नलाई मेलबर्न क्रिकेट मैदानमा अन्तिम बिदाई गरिने, १ लाख मानिस समावेश हुने
अस्ट्रेलिया । अस्ट्रेलियाका दिग्गज स्पिनर शेन वार्नको शव अस्ट्रेलिया पठाइएको छ । वार्नको ५२ वर्षको उमेरमा […]
विश्व चर्चित खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलिया प्रवेशमा रोक
मेलवर्न । टेनिसका विश्व चर्चित खेलाडी स्टार खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलियाले आफ्नो मुलुकमा प्रवेशमा रोक […]
जोकोभिचको अस्ट्रेलियन ओपन अझै अनिश्चित, पुनः भिसा समस्या भोग्नुपर्ने संकेत
अस्ट्रेलिया । अस्ट्रेलियाले गरेको भिसा रद्दविरुद्धको मुद्दा विश्व नम्बर एक नोभाक जोकोभिचले जितेका छन् […]
बिग बास लिगको उपाधि सिड्नी सिक्सर्सलाई
अष्ट्रेलिया । अष्ट्रेलियन बिग बास लिगको उपाधि सिड्नी सिक्सर्सले जितेको छ । पर्थ स्कोचर्सलाई २७ रनले हराएर […]


