काठमाडौ – एकदिवसीय महिला विश्व कप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । न्युजिल्यान्डको क्राइसचर्चमा इङ्ग्ल्यान्डलाई ७१ रनले हराउँदै अस्ट्रेलियाले सातौँ पटक विश्व कपको उपाधि जितेको हो । एकदिवसीय महिला विश्व कप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ ।
न्युजिल्यान्डको क्राइसचर्चमा इङ्ग्ल्यान्डलाई ७१ रनले हराउँदै अस्ट्रेलियाले सातौँ पटक विश्व कपको उपाधि जितेको हो । अस्ट्रेलियाले दिएको तीन सय ५७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४३ ओभर चार बलमा दुई सय ८५ रन बनाउँदा अलआउट भयो । इङ्ल्यान्डकी न्याट स्किभर एक सय ४८ रनमा नटआउट रहिन् । बलिङतर्फ अस्ट्रेलियाकी जेस जोनासेन र अलाङ किङले तीन÷तीन विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले अल्यासा हेइलीको एक सय ७०, रचइल हेयनसको ६८ र बेथ मुनीको ६२ रन मद्दतमा तीन सय ५६ रन बनाएको थियो । एकदिवसीय महिला विश्व कप क्रिकेटको उपाधि अस्ट्रेलियाले सातौ पटक जितेको छ।
अस्ट्रेलियाले महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ। आइतबार न्युजिल्यान्डमा भएको फाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो। अस्ट्रेलियाले सातौं पटक उपाधि जितेको हो। उसले पछिल्लो पटक सन् २०१३ मा विश्वकपको उपाधि जितेको थियो।[Ausnepalnews:Kathmandu]






