नेपाल र चीनबीच बिप्पा सम्झौता हुँदै

resize_image.phpपुस ८ । काठमाडौं, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा पाँच दिने औपचारिक भ्रमणका लागि आज चीन जाँदै छन्। नेपाल–चीन कुटनीतिक सम्वन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसरमा उच्चस्तरीय भेटभाट तथा बार्ताका लागि थापा चीन जान लागेका हुन् । नेपाली प्रतिनीधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री थापा १ वजेर ३५ मिनेटमा थाईएरबाट वैंकक हुदै चीन जाने बताईएको छ ।  उनको टोलीमा कानून मन्त्री अग्निखरेल सहित अर्थ, परराष्ट्र र वाणिज्य मन्त्रालयका सचिव छन् ।

भ्रमणका त्रममा दुई मुलुकवीच दीर्घकालिन महत्व राख्ने आर्थिक तथा राजनीतिक तथा दिर्घकालिन महत्वका विषयमा छलफल हुने परराष्ट्र अधिकारीहरुले बताएका छन् । भारतीय नाकाबन्दीपछि उत्पन्न समस्या समाधानमा चीनीको सहयोग खोजिने परराष्ट्रका एक अधिकारीले बताए । चीनीयाँ पक्षसंग विशेषगरि द्धिपक्षीय लगानी तथा सुरक्षण सम्झौता बिप्पा, स्वतन्त्र व्यापार सम्झौता एफटीए, पारवहन तथा व्यापार तथा इन्धन आयत सम्झौता टुङ्गोमा पुर्‍याईने बताईएको छ ।

सम्बन्धित शिर्षकहरु