सुन्धारामा बिहानै गोली चल्यो

मंसिर १३ । काठमाडौं, आइतबार बिहाgoli-prahar-400x254न काठमाडौंको सुन्धारामा प्रहरीले दुइजनालाई गोली प्रहार गरेको छ । अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले सुन्धारामा छोटेलालल ठाकुर र राजकुमार पटेललाई कटुवा चाइनिज पेस्तोल बोकेको अवस्थामा गोली प्रहार गरेको हो ।

ठाकुरको घुँडामुनि गोली लागेको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए ।  सुन्धाराको एक गेस्ट हाउसमा रहेका ती दुई युवकसँग हतियार रहेको सूचनापछि प्रहरीले नियन्त्रणमा लिन गोली चलाएको हो । पटेल र ठाकुरले पनि प्रहरीलाई गोली  प्रहार गर्ने प्रयास गरेका थिए । खनालले भने, मुठभेड भएपछि हामीले गोली चलाएका हौं ।

उनीहरुबाट गोली लोड भएको चिनिया पेस्तोल बरामद भएको छ ।

घुँडा मुनि गोली लागेका ठाकुरलाई उपचारको लागि प्रहरी अस्पताल महाराजगन्ज लगिएको  छ । रौतहट निवासी ठाकुर भगौडा प्रहरी हुन् । उनले प्रहरी संगठनबाट एसएलआर हतियारसहित जागिर छाडेर भागेका थिए। उनीहरुकोबारेमा थप अनुसन्धान भइरहेको खनालले बताए ।

सम्बन्धित शिर्षकहरु