खनालले किन दिए राजीनामा ?

Rameshore-Prasad-Khanalकाठमाडौं, बन मन्त्री अग्नी सापकोटासँग विवाद भएपछि राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका अध्यक्ष रामेश्वर खनाल र चार सदस्यले राजिनामा दिएका छन् ।सापकोटासँग मनमुटाव भएपछि उनीहरुले सामूहिक रुपमा राजिनामा दिएका हुन् ।

सदस्य विजयसिंह दनुवार, फुर्वा तामाङ, नगेन्द्र यादव र सुनिता ठकुरीले केहीबेर अघि राजिनामा दिएका हुन् ।  स्रोतका अनुसार, चुरे क्षेत्रमा सांसद अन्तक्र्रियाको निम्तो बुझाउन हिजो वन मन्त्रालय पुगेका अध्यक्ष खनाल र वनमन्त्री सापकोटाबीच भनाभन भएको थियो ।

वनमन्त्रीले आफूलाई नसोधी कार्यक्रम गर्न लागेको भन्दै आपत्ति जनाएपछि विवाद भएको हो ।

सम्बन्धित शिर्षकहरु