कांग्रेस र एमालेका कार्यकर्ताद्वारा मधेश आन्दोलनको समर्थन

madhesi_janaadhikar_forum_nparasi_rally2लहान, संयुक्त मधेसी मोर्चाको अगुवाइमा जारी मधेस आन्दोलनप्रति नेपाली काँग्रेस र नेकपा ९एमाले० सिरहाले समर्थन जनाएका छन् ।

स्वायत्त मधेस प्रदेशको मागसहित जारी मधेस आन्दोलनको समर्थनमा नेकाले लहानमा जुलुस प्रदर्शन गरेको छ भने एमाले सिरहाले पत्रकार सम्मेलन गरी समर्थन जनाएको छ ।

एमाले सिरहाले पत्रकार सम्मेलन गरी मधेस प्रदेशसहित झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्ने माग गरेको छ ।

यस्तै, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था र विगतमा भएको २२ बुँदे तथा आठ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने एमाले सिरहाले माग गरेको छ ।

जायज माग पूरा नगरे अब मधेसी मोर्चासँगै सडक आन्दोलनमा उत्रने एमाले सिरहा क्षेत्र नं २ का अध्यक्ष केदारनाथ यादवले बताए ।

मोर्चाको माग पूरा गर्न ढिला गर्न नहुने भन्दै उनले देशमा उत्पन्न असहज परिस्थिति चाँडै अन्त्य गर्नुपर्नेमा जोडसमेत दिए । यसअघि नेका लहान नगरसमितिको अगुवाइमा जुलुस प्रदर्शन गर्दै मधेस आन्दोलनप्रति समर्थन जनाइएको थियो ।

सम्बन्धित शिर्षकहरु