तराईका १५ जिल्ला खोस्नुपर्छः भारतीय सांसद्

24_11_2015-kirti_azadएजेन्सी, भारतले लामो समय नेपालमाथि अघोषित नाकावन्दी लगाइरहँदा नेपालमा भारतप्रति बिभिन्न शंका उपशंकाहरु उब्जिइरहेका छन् । यस्तै परिस्थितिमा मंगलबार भारतीय जनता पार्टीका सांसदले नेपालको राष्ट्रिय अखन्डताको विरुद्धमा अभिव्यक्ति दिएका छन् ।

उनले नेपालको १५ वटा जिल्ला हिन्दुस्थानको भएको भन्दै ती भूभागहरु भारतले फिर्ता लिनुपर्ने र त्यसको लागी आफुले नेतृत्व लिने समेत बताएका छन । भारतीय एक समाचार संस्थाका अनुसार उनले ती भूभाग भारतमा गाभ्नको लागी बल प्रयोग गर्न समेत पछि नपर्ने बताएका छन् ।

हाल भारतको सरकारको नेतृत्व गरिरहेको मोदीको दलको नेताले नेपालविरोधी अभिव्यक्ति दिनु सामान्य मान्न सकिँदैन । यसले भारतको नेपालप्रतिकोे व्यवहारमा थप शंका उत्पन्न गराएको छ । भाजपा सांसद एवं पूर्व क्रिकेटरले दरवंगामा आयोजित एक कार्यक्रममा नेपालबाट १५ वटा जिल्ला भारतमा गाभ्नुपर्नेकुरा बताएका हुन् । उनले नेपाललाई अंगे्रजले दिएका भारतका भु–भाग भारतमै गाभ्नुपर्ने कुरा व्यक्त गरेका छन् ।

उनले भनेका छन– ‘अंगे्रजले नेपाललाई दिएका १५ वटा जिल्लाको बारेमा अहिले सम्म कसैले पनि कुरा नउठाएकाले ती १५ जिल्ला अहिले भारतले लिनुपर्ने कुरा व्यक्त गरेका छन् । साथै यी जिल्लाहरु फिर्ता लिनको लागी लड्ने समेत उनले बताएका छन । उनले अगाडि भनेका छन्,  ‘यी जिल्लाहरु नेपालसँग जसरी पनि लिने र दिन नचाहेमा खोस्न पनि तयार हुनु पर्दछ ।’ यसका लागी उनले संसदमा समेत आवाज उठाउने बताएका छन् ।
हेर्नुस पत्रिकामा प्रकाशित समाचारको पूर्ण अंशः

सम्बन्धित शिर्षकहरु