वीरगञ्ज, आन्दोलनरत मधेस केन्द्रीत दलका कार्यकर्ताले वीरगञ्जमा औषधि बोकेको एउटा ट्रकमा आगजनी गरेका छन् । वीरगन्जको ओम आश्रमस्थित नेशनल ट्रेडिङ्ग लिमिटेड कार्यालय आगाडि औषधि बोकेको ना २ ख ८२९२ नम्बरको एउटा ट्रकमा आन्दोलनकारीले गएराति करिब एक बजे आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगजनीबाट करिब २० लाख मूल्य बराबरको औषधि जलेर नष्ट भएको छ । वीरगन्जबाट ट्रकमा लोड गरिएको उक्त औषधि जनकपुर पठाउने तयारी गरिरहेको बेला आन्दोलनकारीले आगजनी गरेका हुन् ।
यसैगरी, आन्दोलनकारीले आज बिहानैदेखि वीरगन्जका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । तिहार र छठ पर्वलाई दृष्टिगत गरेर बन्द कार्यक्रमलाई केही खुकुलो बनाए पनि उनीहरुले आज बिहानैदेखि वीरगन्जका विभिन्न ठाउ“मा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीले बिहानदेखि नै वीरगन्जको नगवा, बिर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा बाटोमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन् । विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले मोटरसाइकल, रिक्सा र टाँगासमेत चल्न नदिएको बताइएको छ ।
स्थिति अराजक हुन नदिन वीरगन्जमा व्यापक मात्रामा सुरक्षाकर्मीलाई परिचालन गरिएको र आवश्यक परे सम्पूर्ण उपाय अवलम्बन गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए।


![dw];Lbnsf sfo{stf{åf/f cf}iflw af]s]sf] 6«sdf cfuhgL jL/uGhsf] cf]d cf>dl:yt g]zgn 6«]l8Ë lnld6]8 sfof{no cfufl8 cfGbf]ng/t dw]; s]Gb|Lt bnsf sfo{stf{n] u/]sf] cfuhgLaf6 Ifltu|:t ePsf] cf}iflw af]s]sf] Pp6f 6«s . cfuhgLaf6 sl/a ?= @) nfv d"No a/fa/sf] cf}iflw hn]/ gi6 ePsf] 5 . tl:a/ M laho s'df/ dxtf], k;f{, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/11/madhesi-morcha2-300x200.jpg)






