मङ्सिर १। काठमाडौं, नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले सूर्य देवता र छठी माताको पूजाआराधना गरी मनाइने सांस्कृतिक पर्व छठका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र प्रगतिको कामना व्यक्त गरेका छन् ।
नेता पौडेलले सोमबार शुभकामना विज्ञप्ति जारी गरी बहुभाषा, बहुसंस्कृति, बहुजाति र आफ्नै विशिष्ट मौलिक परम्परा भएको देशमा यस प्रकारका पर्वले हिमाल, पहाड र तराईका नेपालीबीच आपसमा मित्रता, एकता र सद्भाव अभिवृद्धि विस्तार गरी मुलुकसामु आइपरेका सबैखाले समस्या समाधानमा समेत सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन्।
सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधानको प्रभावकारी कार्यान्वयन गरी नयाँ नेपाल निर्माणका लागि अघि बढ्न र अहिले मुलुकमा देखापरेको समस्या आपसी संवाद, वार्ता र छलफलका माध्यमबाट समाधान गर्न यस प्रकार पर्वले सहयोग पुग्ने विश्वास समेत उनले व्यक्त गरेका छन् ।








