वीरगन्जमा अपराह्न ३ बजेदेखि निषेधाज्ञा

99228ba66179b846889be8f8b5721034_Lवीरगन्ज, जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगरक्षेत्रका केही स्थानमा आज अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नेपाल–भारत सीमा नाकास्थित शङ्कराचार्यद्वारदेखि इनर्वा, बाइपास, नया“ बसपार्क, पावरहाउस चोक, राधेमाई क्षेत्र, आदर्शनगर र छपकैया लगायतका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लगाइएको प्रजिअ केशव घिमिरेले बताए।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको क्षेत्रमा एकै ठाउँमा ापाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । निषेधाज्ञा उल्लङ्घन गर्ने प्रयास गरेमा सुरक्षाकर्मीले कानुनबमोजिम कारबाही गर्न र उक्त क्षेत्रमा कुनै किसिमको हिंसात्मक कार्य गर्नेमाथि गोलीसमेत हान्न सक्नेछ ।

सम्बन्धित शिर्षकहरु