चार ट्यांकर केरुङ प्रवेश

rf/ 6of+s/ s]?ª k|j]z g]kfnnfO{ rLg ;/sf/n] pknAw u/fpg] k]6«f]lnod kbfy{ lng zlgaf/ rf/ g]kfnL 6of+s/ /;'jfu9L gfsfaf6 s]?ª k|j]z ub}{ . tl:a/ M 1fg]Gb| Gof}kfg], /;'jf, /f;;

धुन्चे, नेपाललाई चीन सरकारले उपलब्ध गराउने पेट्रोलियम पदार्थ लिन आज चार नेपाली ट्याङ्कर केरुङ प्रवेश गरेका छन् ।

नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले केरुङभन्दा २५ किमीमाथि हिमपातका कारण सडक अवरुद्ध हुँदा केरुङ ल्याइसकिएको तेल भर्नका लागि चार ट्याङ्कर मात्र केरुङ पठाइएको जानकारी दिए । आजै साँझ ती ट्यांकरले ३६ हजार लि तेल भरी नेपाल प्रवेश गर्ने बताइएको छ ।

तेल भर्न गएका अन्य आठ ट्यांकर आइतबार केरुङ पुग्ने बताउँदै प्रवक्ता बरालले हिमपात पन्छाई सडक खुलाउने कार्य सुरु भइसकेको जानकारी दिए। आइतबारसम्म एक लाख आठ हजार लि तेल नेपाल भित्रने र चीनले उपलब्ध गराउने सबै पेट्रोलियम पदार्थ एक साताभित्र निगमको केन्द्रीय भण्डारमा पुगिसक्ने बताइएको छ ।

सीमा क्षेत्रमा लाइन लागेर बसेका अन्य आठ ट्यांकर अहिले टिमुरेमा राखिएको छ । प्रवक्ता बराल चार नेपाली ट्यांक रसुवागढी नाकाबाट आज अपराह्न १ बजे केरुङतर्फ गएका छन् ।

सिगात्से–केरुङ मार्गमा हिमपात भएका कारण औपचारिक तेल हस्तान्तरण गर्ने कार्यमा सहभागी हुने भनिएका चीनका लागि नेपालका राजदूत महेश मास्के र ल्हासाका लागि नेपाली महावाणिज्यदूत हरि बस्याल बीचबाटामै रोकिएको बताइएको छ ।

यसैबीच तातोपानीभन्दा रसुवागढी नाकाबाट दीर्घकालीन इन्धनको व्यावसायिक कारोबार गर्न सडक उपयुक्त भएकाले सडकको स्तरोन्नति गर्न सरकारसमक्ष आग्रह गरिने प्रवक्ता बरालले जानकारी दिए।

सम्बन्धित शिर्षकहरु