उपराष्ट्रपति निर्वाचनमा मतदान सकियो, गणना केहीबेरमा

pk/fi6«kltsf] lgjf{rgdf dtbfg ub}{ g]kfnL sfªu|];sf g]tf /fdrGb| kf}8ofn  . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं, व्यवस्थापिका–संसद्मा उपराष्ट्रपति निर्वाचनका लागि मतदान सकिएको छ । निर्वाचनमा ५ सय ४६ मत खसेको छ । मत गणनाकेहीबेरमा सुरु हुने बताइएको छ । मतदान लगभग सकिएको र ५ सय ४६ मत खसेको सत्तारुढ उम्मेदवारका प्रतिनिधि एमाले सभासद रेवतीरमण भण्डारीले जानकारी दिए ।

राष्ट्रपति चुनावमा ५ सय ४९ मत खसेको थियो । तर, यो पटक तीन मत कम परेको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि विद्या भण्डारीले सांसद पदबाट राजीनामा दिइसकेकी छन् ।

एमालेका सभासद प्रभादेवी बज्रचार्य पार्टीलाई जानकारी गराएरै विदेश भ्रमणमा गएका छन् । राष्ट्रपति चुनावमा मतदान गरेकी माधवी रानी साह यो पटक मतदानमा सहभागी भइनन् ।

यसअघि राष्ट्रपति चुनावमा भाग नलिएको मधेसी मोर्चाका सभासदहरु उपराष्ट्रपति निर्वाचनमा पनि अनुपस्थित भए ।

उपराष्ट्रपतिका लागि सत्तारुढ गठवन्धनका नन्दकिशोर पुन पासाङ र कांग्रेसका अमियकुमार यादव चुनावी मैदानमा छन् ।

सम्बन्धित शिर्षकहरु