मधेशी मोर्चाको प्रदर्शन उग्र, सिरहामा कफर्यु

xmadhesi-morcha-aandola-tarai_strike.jpg.pagespeed.ic.O6RvRH9CAiकात्तिक ८ । सिरहा, दुई महिनादेखी आन्दोलनको नाममा जनतालाई दुख दिएर मेधशी मोर्चाले जारी गरेको बन्द हड्ताल दशैं लगत्तै उग्र बनेपछि प्रशासनले सिरहामा फेरी कर्फ्यु जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले शनिबार राति ९ बजेदेखि लागू हुनेगरी जिल्लाको पूर्व–पश्चिम सडकको दायाँबायाँ ५०० मिटर क्षेत्रमा फेरि निषेधाज्ञा लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले शनिवार साँझ सार्वजनिक सूचना जारी गर्दै चाडपर्वलाई मध्यनजर गर्दै कात्तिक २ गतेदेखि हटाएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि पुनः लगाइएको जनाएको छ ।

सूचनामा राति ९ बजेदेखि बिहान ७ बजे सम्म लगाइएको निषेधाज्ञाको अवधिमा निषेधित क्षेत्रमा सभा, जुलुस, धर्नालगायत कुनै किसिमको अवरोधको कार्यक्रम गर्न नपाइने जनाइएको छ ।

दसैँपर्व सुरु भएलगत्तै केही मत्थर भएपछि स्थानीय प्रशासनले भदौ २३ गतेदेखि लगाएको निषेधाज्ञा कात्तिक २ गते हटाएको थियो ।

मोर्चाले फेरि शुक्रबारदेखि सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकामलगायतका ठाउँमा बजार पसल बन्द गराउनुका साथै शनिबारदेखि मोटरसाइकलसमेत चल्न रोक लगाउँदै उग्र प्रदर्शन गर्न थालेपछि हिंसात्मक बन्न नदिन स्थानीय प्रशासनले राति ९ बजेदेखि बिहान ७ बजेसम्मका लागि फेरि निषेधाज्ञा लगाएको जनाएको छ ।

सम्बन्धित शिर्षकहरु