नयाँ सरकार गठन गर्न राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको आग्रह

 pm-koiralaकाठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन राष्ट्रपति डा. रामवरण यादवलाई आग्रह गरेका छन् ।

व्यवस्थापिका संसदको शुक्रबारको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान भएपछि जिम्मेवारीबाट मुक्त हुने सार्वजनिक प्रतिवद्धता र संवैधानिक व्यवस्था अनुसार आफूले राष्ट्रपति समक्ष यस्तो आग्रह गर्ने बताएका हुन् ।

नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढाउन आग्रह गरेका उनले आफूले राजीनामा दिएको औपचारिक घोषणा भने गरेका छैनन् । उनी बैठक लगतै राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्ने बताइएको । सत्तासाँझेदार दल नेकपा एमालेले राजीनामा दिन दबाब दिएपनि उनले राजीनामाको घोषणा नगरेर सरकार गठनको बाटो मात्र खोलिदिएका हुन् ।

सम्बन्धित शिर्षकहरु