गौशाला, मानव साङ्लोमा सहभागी हुन गएका एक पुरुषको आज महोत्तरीको मनरा गाविसमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सिस्वाकटैया गाविस–८ सहसराम गाउँ बस्ने ४५ वर्षीय उमेश कापर रहेको उनका छिमेकी राधेश्याम तिवारीले जानकारी दिएका छन्।
मनरा–७ स्थित बाटोमा मानव साङ्लोमा सहभागी हुँदै उभिएका कापर अचानक भुइँमा लड्दा उनको घटनास्थलमै मृत्यु भएको उनीसँगै रहेका गाउँले विजयकुमार साहले बताए। ।
मृतक कापरको शव उनीसँगै मानव साङ्लोमा सहभागी हुन गएका गाउँलेले गाउँमा लैजाने तयारी गरिरहेका छन् भने घटनास्थलमा प्रहरी पुग्न सकेका छैनन् । c








