बाबुराम यसरी लखेटिए

जनकपुर , मधेसी जनताको मागमा ऐक्यवद्धता जनाउन जनकपुर पुगेका डा. बाबुराम भट्टराई अन्ततः लखेटिएका छन् । संविधान जलाउन भट्टराईले नमानेपछि उनी लखेटिएका हुन् ।

भट्टराईले करिव १५ मिनेटको सम्बोधन सकेपछि संविधान जलाउने विषयमा कुरा बाँझिएको थियो । पूर्वसहमतिअनुसार भट्टराईले संविधान जलाउनुपर्ने तर्क मधेसी मोर्चाका कार्यकर्ताले गरेका थिए भने भट्टराईले संविधानप्रति आफ्नो असहमति भएपनि जलाउन भने नसक्ने बताए पछि मोर्चाका कार्यकर्ता थप आक्रोसित भए र उनी लखेटिएको बताइएको छ ।

jankpur1त्यसपछि रामचन्द्र झा र रामकुमार शर्माले खाली कागजमा संविधान लेखेर जलाउने भनेपछि उनीहरुविरुद्ध मधेसी युवा खनिएका थिए । हातपात भएपछि झा र शर्मा कार्यक्रमस्थलबाट फरार भएको स्थानीयले बताए । त्यसपछि आक्रोसित स्थानीयले स्टेज नै जलाइदिएका छन ।

सम्बोधन गर्दै भट्टराईले आफु मधेसीको आन्दोलनलाई ऐक्यबद्धता जनाउन आएको बताए । उनले मधेसमा मात्र नभएर काठमाडौँमा समेत राजनीति गर्ने गरि अगाडि बढ्न उनले अपिल समेत गरे । त्यहाँको अवस्था अहिलेपनि तनावपूर्ण छ ।

सम्बन्धित शिर्षकहरु