भट्टराई आज जनकपुर जाने

baburam-bhattaraifअसोज  १२ । काठमाडौँ, एमाओवादी र संसद पद त्यागेको घोषणा गरेका डा.बाबुराम भट्टराई आज जनकपुर जाने भएका छन् । जनकपुर गएर मंगलबारै फर्किने उनका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी गराए  ।

पहाड र मधेसबीच देखिएको दुरी कम गरी संविधान जारी भएको खुशीयालीमा सबै नेपालीले दीपावली गर्ने वातावरण बनाउन आफू जनकपुर जान लागेको उनको भनाई छ ।

सीमांकनलगायत बिषयमा असन्तुष्टि व्यक्त गर्दै तराई केन्द्रित दलको आन्दोलनको कारण तराई ६ हप्तादेखि ठप्प छ । आन्दोलनरत मोर्चाले एक सातादेखि नेपाल–भारत नाकामा धर्ना दिइरहेका छन् ।

भट्टराईले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाओवादीको साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेको घोषणा गरेका थिए ।

भट्टराईले आफूलाई पनि आन्दोलनमा सहभागी गराउन तराई केन्द्रित दललाई आग्रह गर्दै आएका छन् ।

सम्बन्धित शिर्षकहरु