काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीको चाहना नयाँ संविधानले पूरा गरेको बताएका छन् ।
नेपाल सरकारको आयोजना र प्रमुख तीन दलको संयोजनमा नेपाली सेनाको मञ्च टुँडिखेलमा आयोजना गरिएको नेपालको संविधान, २०७२ को स्वागत समारोहलाई सम्बोधन गर्दै उनले २००७ सालदेखिको नेपाली जनताको चाहना पूरा भएको बताए ।
प्रधानमन्त्री कोइरालाले भने– “नेपाली जनता, सभासद्, पार्टीका नेता तथा कार्यकर्ता, राष्ट्रपति, आम नागरिक समाज र दुई छिमेकी मुलुक भारत र चीनलगायत अन्तर्राष्ट्रिय समुदायलाई नेपालको संविधान जारी गर्न सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दछु ।”
नयाँ संविधानले सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गरेको र अधिकार तथा सामाजिक न्यायलाई फराकिलो पारेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले एकता र मेलमिलापको खोजी गरेको बताए।
संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण योगदान दिएर पनि अन्तिम समयमा बाहिरिएका तराई मधेस, थारु एवम् अन्य समुदायलाई आन्दोलन छाडेर वार्तामा आउन र समस्याको समाधान गर्न प्रधानमन्त्री कोइरालाले आह्वान गरे । प्रधानमन्त्री कोइरालाले भने–“तपाईहरुको सरोकारलाई शान्तिपूर्ण वार्ता र संवादबाट समाधान गर्न सकिन्छ । म पुनःउहाँहरुलाई वार्तामा आउन आह्वान गर्दछु ।”
वार्ता र संवादले नै ठूलाठूला समस्याको हल भएको सन्दर्भ जोड्दै प्रधानमन्त्री कोइरालाले उनी हरुले उठाएका समावेशी र समानुपातिकको विषय संविधानले सम्बोधन गरिसकेको छ भन्नुभयो । मुलुकलाई आर्थिक समृद्धि र विकास एवम् भूकम्पपछिको पुनःनिर्माणमा जुट्न आवश्यक रहेको उनको जोड थियो ।
भारत र चीन दुवै छिमेकी मुलुक भएकाले उनीहरुसँगको सम्बन्ध सुमधुर राखी नेपाल अघि बढ्न चाहेको उनले बताए।
बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमसेर, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको योगदानको उच्च सम्मान व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले उनीहरुको योगदानको स्मरण गरे ।
राष्ट्रिय एकता, मेलमिलाप, सहमति, सहकार्य र एकताबाट आर्थिक उन्नति गर्दै मुलुकलाई अगाडि बढाउन उहाँले सबै वर्ग, तह तथा तप्कालाई आह्वान गरे ।


![ljz]if :jfut ;df/f]x ;}lgs d~r 6'Fl8v]ndf gofF ;+ljwfg hf/L ePsf] v'l;ofnLdf cfof]hgf ul/Psf] ljz]if :jfut ;df/f]xdf k|wfgdGqL ;'zLn sf]O/fnfnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://ausnepalnews.com/wp-content/uploads/2015/09/1442827883818_RoS-Ktm-Tundikhel-2-300x200.jpg)





