संविधानसभाको बैठक निर्धारित समय भन्दा साढे दुई घण्टा ढिला सुरू

sambidhan-savaभदौ २७ । काठमाडौँ, संविधानसभाको बैठक निर्धारित समय भन्दा साढे दुई घण्टा ढिला सुरू भएको छ । संविधानसभामा शीर्ष नेताहरूले बोल्ने क्रम चलिरहेको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो धारणा राखिसकेका छन् । उनले विदेशी राजदूतले दलका ढोका ढोका चहारेर संविधान निर्माणलाई प्रभावित पार्न खोजेको बताएका छन् ।

उनले संसिवधान निर्माणलाई निष्कर्षमा पुर्याउनु पर्नेमा जोड दिए ।

अहिले राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्ना धारणा राखिरहेका छन् ।

सम्बन्धित शिर्षकहरु