रौतहट, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दका कारण राजमार्गमा रहेका एक सय ५० भन्दा बढी गाडीलाई शनिबार अपरान्ह सुरक्षाकर्मीले गन्तव्यसम्म पु¥याएका छन् ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा रहेका बस, ट्रक, जिप तथा अन्य सवारीसाधनलाई रौतहटबाट सर्लाहीको बागमती पुलसम्म पु¥याइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । यसका साथै पूर्वबाट आएका
सवारीसाधनलाई समेत सुरक्षित साथ ल्याइएको छ । सोमध्ये कतिपय गाडीलाई गन्तव्यसम्म पु¥याइएको छ भने अन्य गाडीलाई सुरक्षित साथ चन्द्रनिगाहपुरमा राखिएको सो कार्यालयले जनाएको छ ।
सवारी आउने र जाने क्रम निरन्तर रहेकाले समय अनुकूल मिलाई दुवैतर्फ सवारीसाधन लाने ल्याउने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।








