‘माग पूरा नगरे देश गम्भिर द्वन्द्वमा फस्ने निश्चित छ’ गच्छदार

bijaya gachhadarभदौ २१। विराटनगर, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले थारुहरुको माग सम्बोधन हुनेमा आफुहरु आशावादी रहेको बताएका छन्। माग सम्बोधनका लागि अझै दुई चार दिन प्रमुख तीन दलका नेताहरुलाई कुर्ने उनको भनाई थियो । बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग अध्यक्ष गच्छदारले भने, –अन्तिम समय सम्म पर्खिन्छु, मधेशी, थारु लगायत आदीवासी जनजातीको माग सम्बोधन होस । नभए देश गम्भिर द्वन्द्वमा फस्ने निश्चित छ ।’

अध्यक्ष गच्छदारले संविधानसभाको भोली बस्ने बैठकमा आफनो धारणा स्पष्टताका साथ दर्ज गराउने बताउदै समय बाँकी रहेकाले मुख्य दलका नेतालाई निर्णय पुर्नबिचार गर्न आग्रह गरे। उनले भने– थारु मधेशी लगायतको माग सम्बोधन होस, नभए मुलुकमा उत्पन्न हुने द्वन्द्वको जिम्मेवार तीनठुला दलका शिर्ष नेताले लिनुपर्छ’ ।

१६ बुदे समझदारीदेखी हाल सम्म आफुले संबिधान निर्माणको पक्षमा ऐतिहासिक योगदान गरेको स्मरण गर्दे अब पनि मुख्य दलका नेताहरू जिम्मेवार नभए मुलुक गम्भिर गृह युद्धमा फस्ने उनको चेतावनी थियो ।

यसैबीच सुनसरीको इटहरीमा आज आयोजना गरिएको थरुहटको कार्यक्रमलाई सम्बोधन गर्न बिराटनगर पुगेका अध्यक्ष गच्छदारलाई कार्यकर्ताले गाडीमा राखेर मोटरसाइकल र्‍याली गर्दे विराटनगर वजार बन्द गराएका थिए । तर बिमानस्थलमा सचारकर्मीसँग गच्छदारले भनेका थिए – ‘बन्द हडतालले कसैको पनि कल्याण गर्देन्, जनतालाई दुख हुन्छ, अर्थ ब्यबस्था डगमगाउछ ।’

सम्बन्धित शिर्षकहरु