“अहा आज हामी”

-नवराज कार्की,

खेत प्लटिङ् गरौँ , देश प्लटिङ् गरौँ
कोही बेच्छु भन्दैछ , जे छ प्लटिङ् गरौँ
कोशी ,महाकाली र गण्डकी झैँ
गरौँ, लिपुको लेक प्लटिङ् गरौँ

यी मुटु कलेजो छुटाउँछु भन्छ
चुलेसी उधाएर बसिरहन्छ
म कानुन ,नियमा मैँ बनाउँछु भन्छ
दिएँ भोट जसलाई उही बेच्छु भन्छ

सरापौँ, ती पुर्खा कति मुर्ख जस्ले
बनाए , बचाए मुलुक यो सकसले
भत्काउंछौ ,मास्न र बेच्न पा’ छौँ
उपलब्धि, त्यै हो , त्यसमै र’मा छौँ

कोही डाक्छ , फुकिदिन्छ ,गुरुमन्त्र यौटा
अनि बन्छ काइते बुँदाको मस्यौदा
जबा मध्यराति चकमन्न हुन्छ
तब राष्ट्रघाती षड्द्यन्त्र हुन्छ

जति खर्च लागोस्, कुनै पीर छैन
जति बर्ष लागोस, नबेची हुँदैन
रमाएर ल्याप्चे लगाअो सबैले
समाएर आयो रे ,बैना उसैले

गरौँ, भगवण्डा हतारो भयो रे!
थुपारेर तमसुक पसारो भयो रे !
अहा , आज हामी कति भाग्यमानी
छिमेकी असल छन् र गर्छन् लगानी

इतिहास च्यातेर गरे छिन्न्नभिन्न
ति एकताका जती छन् नि चिन्ह
अहा ,आज हामी कति अग्रगामी
सुतौँ, नोठ हालेर दिउँसै सिरानी

तिब्बत बनाउँ, कि सिक्किम बनाउँ
मुलुक यो बचाएर न हौं ,प्रतिगामी
अहा , आज हामी कती भाग्यमानी
पोलेर घर यो बेचौँ खरानी

वरिष्ठ   साहित्यकार नवराज कार्किले यो कविता
अन्तर्राष्टिय नेपाली साहित्य समाज एन एस डब्लु द्वारा सिड्निमा हालै आयोजित
‘अनेसास घरदैलो काव्य सांझ मा वाचन गर्नु भएको हो ।

 

सम्बन्धित शिर्षकहरु