चितवन, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले तयारी नपुगेको र सविंधान निमार्णको काम अगाडि बढेकाले पार्टीको महाधिवेशन समयमै हुन नसक्ने विचार व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन चितवनले शुक्रबार सदरमुकाम भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले यसअघिका महाधिवेशनमा तीन महिना अगाडि नै तयारी समिति र निर्वाचन समिति गठन गरिएको स्मरण गर्दै महाधिवेशन मिति नजिक नजिक आए पनि कुनै काम हुन नसकेकाले महाधिवेशनको मिति सर्ने बताए ।








