पुस १७ । काठमाडौं, चीनको शंघाइ शहरमा नयाँ बर्षको खुसी मनाउन जम्मा भएको भिडमा चेपिएर ३५ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो दुर्घटना शांघाईको हुआंग्पु जिल्लाको चेन्यी स्क्वायरमा भएको हो । घटना स्थानीय समयअनुसार राति ११.३५ बजे भएको प्रशासनले जनाएको छ।
ठुलो समूह जम्मा भएका बेला भएको दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरुमा मानिसहरु सडकमै प्रथामिक उपचार गर्दै देखिएका छन् ।
भिडले कुल्चेर मानिस चल्न चटपटाउनसमेत नसक्ने अवस्थामा थिए । उनीहरु भिडमै चल्न सक्ने अन्यथा स्वास लिने अवस्थासमेत थिएन ।
घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको शांघाई प्रशासनले जनाएको छ। एजेन्सी








