साउन २७ । काठमाडौँ, आज बिहान माइक्रोबसले त्रिचन्द्र क्याम्पस अगाडि ठक्कर दिएपछि गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ ।
बा१ज ९१३६ नम्बरका माइक्रोबसले त्रिचन्द्र क्याम्पसमा बिएससी प्रथम वर्षमा अध्ययनरत नामगेल शेर्पालाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि बागबजारस्थित मोडेल अस्पतालमा लगिएकोमा त्यहाँ उपचारको क्रममा उनको निधन भएको हो ।
घटनापछि आक्रोशित विद्यार्थीले माइक्रोबस जलाएका थिए ।






