केरुङ अब अन्तर्राष्ट्रिय नाका ः चीन

भदौ १५ ,काठमाडौं । सरकारले नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई नाका खुलाउन आग्रह गरेको दुई साता नबित्दै चीनले केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा ल्याएको छ ।

 

केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा ल्याइएको घोषणा बुधबार ल्हासामा गरिएको हो ।

रसुवा भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुले केरुङलाई चीनले अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषणा गरिएको बताए । उनले भने, ‘यो निर्णय भदौ १६ देखि लागू हुनेछ । यसले यो क्षेत्रलाई पर्यटर्की हवका रुपमा विकास गर्नेछ ।’

चीनले नेपालसँग सीमा जोडिएको नाकालाई अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषणा गरेको यो पहिलो हो । –अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु