इटहरीमा भएको आगलागीबाट साठी लाखको धनमाल नष्ट

कात्तिक ७ । इटहरी, इटहरी नगरपालिका-१ स्थित सङ्गीत चोक नजिक रहेको एक घरमा लक्ष्मीपूजाका लागि बालेको मैनबत्तीबाट आगो सल्कदा झन्डै रु ६० लाखभन्दा बढीको नोक्सानी भएको छ ।

स्थानीय लेखनाथ पराजुलीको दुईतले काठको घरमा बिहीबार राति ९ बजेतिर आगलागि भएको हो ।

माथिल्लो तलामा कोठा भाडामा बस्ने ट्र्याक्टर चालकले कोठाको टेबुलमा लक्ष्मीपूजाका लागि बालेको मैनबत्तीबाट सुरु भएको आगलागी बिस्तारै खाना पकाउने एलपी ग्यास सिलिन्डरको पाइप सल्केर फैलेको थियो ।

आगलागी भएको केही क्षणमा नै इटहरी तथा धरान र इनरुवाका वारुणयन्त्र ल्याएर निभाइएको तथा थप नोक्सानी हुन नपाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु