मङ्सिर ४, काठमाडौँ- यसपालीको एसएलसी परीक्षा २०७१ चैतको ५ गतेदेखि सुरु हुनेभएको छ।
आज बिहान बसेको माध्यमिक शिक्षा बोर्डको बैठकले यसपालिको परिक्षा चैतको ५ गते सुरु गरेर १६ गते सक्ने निर्णय गरेको हो ।
बैठकले यसपटकदेखि प्रयोगात्मक विषयमा पनि परीक्षा दिनुपर्ने नियम बनाएको छ। यसअघिसम्म परिक्षार्थिले सैद्धान्तिक विषयमा मात्रै परीक्षा दिए हुने गरेको थियो।
१३ गतेसम्म सैद्धान्तिक विषयहरूमा परीक्षा हुनेछ। त्यसपछि १६ गतेसम्म प्रयोगात्मक विषयमा परीक्षा दिनुपर्ने आज बोर्डद्वाराजारि बिज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ परिक्षा तालिका
| मिति | बिषय |
| २०७१ चैत्र ५ गते | अनिबार्य अंग्रेजी |
|
२०७१ चैत ६ गते |
अनिवार्य नेपाली |
|
२०७१ चैत ८ गते |
अनिबार्य गणित |
|
२०७१ चैत ९ गते |
विज्ञान |
|
२०७१ चैत १० गते |
सामाजिक |
|
२०७१ चैत ११ गते |
स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा |
|
२०७१ चैत १२ गते |
ऐच्छिक प्रथम |
| २०७१ चैत १३ गते | ऐच्छिक दोस्रो |








