गौरमा गोली चल्यो, माधव नेपालको गाडीमा तोडफोड

Gaur_Protest_07-1साउन ४ । रौतहट, संविधानको मस्यौदामाथि सुझाव सङ्कलन गर्न सदरमुकाम गौरमा आयोजित कार्यक्रममा नेपाल सङ्घीय सद्भावना पार्टीका कार्यकर्ताको समूहले आज बिहान झडप भएको छ ।

रौतहट क्षेत्र नं १ अन्र्तगत गौर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बाहिर भेला भएका सर्वसाधारणले समेत सहभागी हुन पाउनुपर्ने माग राख्दै गरेका बेला आक्रोशित समूहले ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीसँग झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गौर नगरपालिकाको सभाहलमा बाहिर भीड बढ्दै गएपछि नेकपा एमालेका वरिष्ठ नेता एवम् सभासद् माधवकुमार नेपाललगायत सभासद्हरु वंशिधर मिश्र, रामकुमार भट्टराई ,सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलमलाई प्रहरीले सुरक्षा घेराभित्र राखेको छ ।

बिहानैबाट तनाव सुरु भएपछि सुझाव सङ्कलन कार्यक्रम प्रभावित भएको छ ।

यसैबीच नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको राय सुझाव सङ्कलन गर्ने कार्यमा हुनसक्ने सम्भावित घटनालाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार जिल्लाभर कायम रहेका संविधानको मस्यौदामाथि छलफल र राय सुझाव सङ्कलन गर्ने स्थलमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रहरीबाट गोली चल्यो

गौरमा जारी तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाइ फायर र छ सेल टियरग्यास प्रहार गरेको छ । झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले टियरग्यास प्रहार गरेको जनाएको छ । मधेसी दलका समर्थकहरुले छलफलमा सहभागी एमाले नेता माधवकुमार नेपालको गाडी पनि तोडफोड गरेका छन् । उनी चढ्ने बा१३च १४५१ नम्बरको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले अन्य ६ वटा गाडीसमेत तोडफोड गरेका छन् ।

सम्बन्धित शिर्षकहरु